होमपेजचितवन विशेषचितवन मेडिकल कलेजमा उपचाररत थप एक पुरुषको कोरोना संक्रमण वाट मृत्यु

चितवन मेडिकल कलेजमा उपचाररत थप एक पुरुषको कोरोना संक्रमण वाट मृत्यु

चितवन , कार्तिक २६ – चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचाररत थप एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं २ का ५५ वर्षीय पुरुष रहेका छ्न । कात्तिक २० गते निमोनियाका कारण उपचारका लागि भर्ना गरिएको उनलाई कात्तिक २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज मृत्यु भएको हो । चितवन जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या हाल सम्म ७९ पुगेको छ ।

ताजा समाचार