होमपेजचितवन विशेषनेफस्कुन द्वारा उत्कृष्ट ऋण कारोबार गर्ने सहकारीका रुपमा तारापुञ्ज सम्मानित

नेफस्कुन द्वारा उत्कृष्ट ऋण कारोबार गर्ने सहकारीका रुपमा तारापुञ्ज सम्मानित

चितवन , कार्तिक २५ – नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सँघ लि.”नेफस्कुन”को ३३औ स्थापना दिबस तथा २९औ साधारण सभाको अबसरमा चितवनको भरतपुर स्थित तारापुञ्ज वचत तथा ऋण सहकारी संस्था लाई सम्मान गरिएको छ । चितवन जिल्लाभर रहेका सहकारी संस्था मध्ये उत्कृष्ट ऋण कारोबार गर्ने सहकारीका रुपमा तारापुञ्ज लाई प्रसंशा पत्र सहित सम्मान गरिएको हो । कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सँघका अध्यक्ष परितोष पौडेलले सहकारीका प्रबन्धक कृष्ण शर्मा वस्ती लाई प्रसंशा पत्र सहित सम्मान गरेका हुन । कार्यक्रममा नेफस्कुनका प्रमुख कार्यकारी अधिकृत प्रकाश पोखरेल लगायतको सहभागिता रहेको थियो । सदस्य सहभागीता अभिवृद्धिको लागि प्रदेश तहमा बिस्तारित मञ्च केन्द्रिय कार्यक्रम अन्तरगत नेफस्कुन फिल्ड कार्यालय नारायणगढको पहलमा सम्पन्न भएको हो ।

ताजा समाचार