होमपेजसमाचारडोटीमा भरुवा बन्दुक सहित ३ जना पक्राउ

डोटीमा भरुवा बन्दुक सहित ३ जना पक्राउ

कञ्चनपुर, कार्तिक २४ – डोटीमा भरुवा बन्दुक सहित ३ जना पक्राउ परेका छन। पुर्वी चौकी गाउँपालिका ६ पाले वन ठुलाखोलाबाट १ थान भरुवा बन्दुक सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा सोही ठाउँका स्थानीय ३७ वर्षीय गणेश कुंवर, ३४ वर्षीय झलक कुंवर र ३० वर्षीय छत्र बहादुर कुंवर रहेका छन्। जिल्ला प्रहरी कार्यालय डोटी र प्रहरी चौकी सानागाउँबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। -महेन्द्रनगरपोष्ट

ताजा समाचार