होमपेजचितवन विशेषकोरोना संक्रमणका कारण भरतपुर अस्पतालमा थप एक पुरुषको मृत्यु

कोरोना संक्रमणका कारण भरतपुर अस्पतालमा थप एक पुरुषको मृत्यु

चितवन,कार्तिक २३- चितवनको भरतपुर स्थित भरतपुर अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमित पुरुषको आज मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ११ का ४९ बर्षिय पुरुषको आज अपरान्ह मृत्यु भएको हो । उनलाई कार्तिक १६ गते कोरोना पुष्टि भए सगै ज्वरो,खोकी र स्वासप्रश्वासको समस्या देखिए पछि कार्तिक २० गते अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना पछि पनि स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि उनलाई कोभिड आइसियूमा भेन्टिलेटरको सहायतामा उपचार गरिएकोमा आज अपराह्न मृत्यु भएको अस्पतालले जनाएको छ । यस अघि पनि आज नै कोरोना संक्रमणका कारण चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्ध पुरुषको उपचारका क्रममा मृत्यु भएको थियो ।

ताजा समाचार