होमपेजचितवन विशेषकोरोना संक्रमणका कारण चितवन मेडिकल कलेजमा उपचाररत थप एक पुरुषको मृत्यु

कोरोना संक्रमणका कारण चितवन मेडिकल कलेजमा उपचाररत थप एक पुरुषको मृत्यु

चितवन, कात्तिक २३- चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचाररत थप एक पुरुषको कोरोना संक्रमणका कारण आज मृत्यु भएको छ । तनहुँ दमौलीका एक वृद्धको उपचारका क्रममा आज मृत्यु भएको हो । अस्पतालका अनुसार तनहुँ व्यास नगरपालिका वडा नम्बर १४ का ९६ वर्षीय ती पुरुष खोकी तथा ज्वरो लगायतको समस्या भई कात्तिक १२ गते अस्पतालमा भर्ना गरिएकोमा उनको आज आइतबार दिउँसो कोभिड आईसीयूमा उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ ।

ताजा समाचार