होमपेजचितवन विशेषभरतपुर अस्पतालमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

भरतपुर अस्पतालमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन,कार्तिक २२- चितवनको भरतपुर स्थित भरतपुर अस्पतालमा उपचारत थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । रौतहटको गरुडा नगरपालिका वडा नम्बर २ का ७० बर्षिय पुरुषको उपचारको क्रममा आज साझ मृत्यु भएको अस्पतालले जनाएको छ । कार्तिक १२ गते अस्पताल भर्ना गरिएकोमा सोही दिन उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि कोभिड आइसियूमा राखेर उपचार गरिएकोमा उनको आज मृत्यु भएको हो ।

ताजा समाचार