होमपेजचितवन विशेषपुर्ब चितवनमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

पुर्ब चितवनमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवन,कार्तिक २२- पुर्ब चितवनमा आज भएको सबारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । बसले स्कुटर लाई ठक्कर दिदा स्कुटर चालकको मृत्यु भएको हो । पुर्बपश्चिम राजमार्ग अन्तरगत खैरहनी नगरपालिका वडा नम्बर ८ पर्सा बजार नजिक पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा ३ ख २५६२ नम्वरको बसले सोहि दिशाबाट आउदै गरेको ना ४८ प ३५३५ नम्बरको स्कुटर लाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा गम्भिर घाइते भएका स्कुटर चालक सोही स्थानका ४३ बर्षिय राम श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते श्रेष्ठलाई उपचारको लागि भरतपुर ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको हो । स्कुटर लाई ठ्क्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ताजा समाचार