होमपेजताजा समाचारपछिल्लो २४ घण्टामा थप ३ हजार ५१ जनामा कोरोना पुष्टि, ३ हजार...

पछिल्लो २४ घण्टामा थप ३ हजार ५१ जनामा कोरोना पुष्टि, ३ हजार ४ सय ३० डिस्चार्ज

काठमाडौँ, कात्तिक २० – पछिल्लो २४ घण्टामा थप ३ हजार ५१ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये १२०९ महिला र १८४२ पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ३ हजार ४ सय ३० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ४८ हजार ४ सय ४ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय १४ रहेको छ भने १ हजार २ सय ३२ जना क्वारेन्टिनमा छन् । – नारायणी अन्लाईन

ताजा समाचार