होमपेजचितवन विशेषमाडी अयोध्यापुरीमा नेपाली सुन्दर काण्डको साङ्गीतिक पाठपारायण  सम्पन्न

माडी अयोध्यापुरीमा नेपाली सुन्दर काण्डको साङ्गीतिक पाठपारायण  सम्पन्न

चितवन , कार्तिक १८ – चितवनको माडी अयोध्यापुरीमा आज  मङ्गलबार ‘नेपाली रामचरितमानस’ सुन्दर काण्डको साङ्गीतिक पाठपारायण सम्पन्न भएको छ । अयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समिति माडी र श्रीरामजानकी अनुसन्धान एवम् अध्ययन मण्डल ( श्री राम संस्था) अमेरिकाको संयुक्त आयोजना  माडीको साविक अयोध्यापुरी गणेशकुञ्जमा पाठ्पारायण सम्पन्न भएको हो । एक दिवसीय साङ्गीतिक कार्यक्रमको उद्घाटन गर्दै माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले धार्मिक , एतिहासिक  विकास र कला संस्कृतिको संरक्षण गर्नमा  ‘नेपाली रामचरितमानस’ सुन्दर काण्डको साङ्गीतिक पाठपारायणले ठूलो टेवा पुग्ने बताए । नगरप्रमुख ढकालले साङ्गीतिक पाठपारायणले प्रधानमन्त्रीको चहाना लाई मुर्तरुप दिन सहज भएको बताउदै माडी‌मा रामधाम निर्माणका लागी योजनाहरु अगाडी बढाइएको बताए । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको पूर्ण सफलताको लागि प्रेषित   लिखित शुभकामना सन्देश बाचन गरिएको थियो । लिखित शुभकामना सन्देशमा रामचरितमानस सुन्दर काण्डको साङ्गीतिक पारायण कार्यक्रम अयोजना गरिएकोमा खुशी व्यक्त गर्दै रामधाम निर्माणको अभियानमा सहयोग गर्ने सम्पूर्ण लाई हार्दिक धन्यवाद ज्ञापन गरिएको छ ।
सोही कार्यक्रममा  स्वर्गीय आमा पार्वती मल्ल आचार्यको स्मृतिमा छोरा हरिलाल आचार्यद्वारा  नव निर्मित श्रीराम मन्दिरको पनि प्रमुख अतिथि ढकालले उद्घाटन गरेका थिए ।  अयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समितिका संयोजक नारदमणि पौडेलको अध्यक्षतामा र माडी नगरपालिकाको समन्वयमा सम्पन्न साङ्गीतिक पाठपारायण कार्यक्रमको उद्घाटन समारोहमा   श्रीरामजानकी अनुसन्धान एवम् अध्ययन मण्डल ( श्री राम संस्था) अमेरिकाका प्रतिनिधि पण्डित तुलसीराम शर्मा, सामाजिक व्यक्तित्व श्रीप्रसाद दवाडी, नेपाली काङ्ग्रेसका प्रतिनिधि शोभाकर चापागाईं लगायतले शुभकामना  व्यक्त गरेका थिए । माडी नगरपालिकाका प्रवक्ता एवम् वडा नं ९ का अध्यक्ष शिवहरी सुवेदीले  स्वागत मन्तव्य सगै सुरु भएको कार्यक्रमको संचालन रामु भण्डारीले गरेका हुन । सोह्रौँ शताब्दीमा गोस्वामी तुल्सीदासद्वारा अवधि भाषामा लिखित हिन्दुहरुको  ग्रन्थ श्री रामचरितमानस पुस्तकलाई तुल्सीराम शर्माले नेपालीमा सम शैली र सम छन्दमा जस्ताको तस्तै पद्य अनुवाद गरेका हुन ।  सोही ग्रन्थको सुन्दर काण्डको साङ्गीतिक पाठपारायण भएको हो ।

ताजा समाचार