होमपेजचितवन विशेषचितवन मेडिकल कलेजमा तीन जना कोरोना संक्रमितको मृत्यु

चितवन मेडिकल कलेजमा तीन जना कोरोना संक्रमितको मृत्यु

चितवन , कात्तिक १७- चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेजमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा भरतपुर महानगरपालिकाका २ जना र नवलपुरका एक जना रहेका छ्न । उपचारका क्रममा चितवन मेडिकल कलेजको काभिड आइसयिुमा तीन जनाकै मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हुनेमा भरतपुर महानगर वडा नम्बर ४ का ६३ वर्षिय पुरुष रहेका छन् । उनी लाई कात्तिक १२ गते अस्पतालको कोभिड आइसियुमा भर्ना गरिएकोमा १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मधुमेह लगायतका बिरामी रहेका उनको आइतबार राती मृत्यु भएको हो ।यसैगरि मृत्यु हुनेमा नवलपुर देवचुली ११ का ८० वर्षिय पुरुष पनि रहेका छन । कात्तिक १६ मा अस्पताल भर्ना गरिएकोमा १४ गते कोरोना देखिएको थियो । उनको पनि आइतबार राती नै कोभिड आइसियुमा मृत्यु भएको हो । यस्तै अर्का मृत्यु हुनेमा भरतपुर वडा नम्बर ३ का ५३ वर्षिय पुरुष रहेका छन् । उनलाई १३ गते कोरोना पुष्टि भएको थियो । हिजो आइतबार कात्तिक १६ मा अस्पताल भर्ना गरिएको आधा घण्टामै राती नै मृत्य भएको हो । उनमा पनि मधुमेह लगायत रोगको समस्या रहेको अस्पतालले जनाएको छ।

ताजा समाचार