Home खेलकुद कराते खेलाडी घतानेको माडी नगरपालिका द्धारा सम्मान

कराते खेलाडी घतानेको माडी नगरपालिका द्धारा सम्मान

0

चितवन , कार्तिक १४ – चितवनको माडी नगरपालिका वडा नं ५ ब्रह्मपुरीका कराते खेलाडी सुवास घतानेलाई माडी नगरपालिकाले आज सम्मान गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पदक जित्न सफल भई देशभर माडीको नाम चिनाउन सफल रहेका भन्दै माडी नगरपालिकाले प्रोत्साहन स्वरुप खेलाडी घताने लाई सम्मान गरेको हो । कार्यक्रममा माडी नगर पालिकाका प्रमुख ठाकुर प्रसाद ढकालको प्रमुख अतिथि रहेका थिए । कराते खेलाडी घतानेले युरोपियन देश माल्टामा आयोजित भर्चुअल विश्व कराते च्याम्पीयनशीपमा रजत, नेपाल ओपन अनलाइन काता क्याम्पीयनशीपमा स्वर्ण, सातौं राष्ट्रिय खेलकूदमा पनि स्वर्ण र आठौं राष्ट्रिय खेलकूदमा रजत तथा अन्य खेलहरुमा समेत पदक र उपाधीहरु जित्न सफल भएका हुन । घतानेको सम्मानका लागि माडी नगरपालिकाले बिहिवार कार्यपालिका बैठकबाट निर्णय गरेको थियो ।यसैबिच घतानेको आज नै एक औपचारिक कार्यक्रमका बिच माडी ब्रम्हपुरी स्थित सहारा युवा क्लबले समेत सम्मान गर्ने कार्यक्रम रहेको जनाएको छ ।