होमपेजचितवन विशेषचितवनको परिक्षणमा थप ३७ जनामा कोरोना संक्रमण

चितवनको परिक्षणमा थप ३७ जनामा कोरोना संक्रमण

चितवन,कार्तिक १३- चितवनको भरतपुर स्थित भरतपुर अस्पताल कोभिड -१९ परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा थप ३७ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा बुधबार गरिएका ७२ वटा नमूना मध्ये ३७ वटा नमूनाको कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमीत मध्ये २२ जना चितवनका रहेका छ्न । संक्रमित हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिका भित्रका रहेका छन् । भरतपुरका १३ जना पुरुष र ६ जना महिला गरी १९ जना , खैरहनीका २ पुरुष, रत्ननगरका १ महिला संक्रमित भएका छन् । यसैगरी नवलपरासीको विनय त्रिवेणीका १, गैंडाकोटका १, गोरखा पालुङटारका २, लम्जुङ बेशिशहरका १, मोरङ विराटनगरका १ र रुपन्देहीको बुटवलका २ जनामा पनि संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख डा.नितु अधिकारीले बताइन ।

ताजा समाचार