होमपेजसमाचारअरिंगालको टोकाईबाट डोटीमा दुई बालिकाको मृत्यु

अरिंगालको टोकाईबाट डोटीमा दुई बालिकाको मृत्यु

डोटी, कार्तिक १२ – अरिंगालको टोकाईबाट डोटीमा दुई बालिको मृत्यु भएको छ । सायल गाउँपालिका वडा नम्बर १ की ५ बर्षिया मनिषा रोकाया र उनकी बहिनी ३ बर्षिया सिर्जना रोकायाको अरिंगालको टोकाईबाट मृत्यु भएको हो ।

स्थानीय भिमबहादुर रोकायाकी दुवै छोरी मनिषा र सिर्जना घर नजिकै खेली रहेको अवस्थामा अरिंगालले टोकेको थियो । अरिंगालको टोकाईबाट घाईते भएका दुबै जनालाई उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । – खबर कुन्ज

ताजा समाचार