होमपेजचितवन विशेषकोरोना संक्रमणका कारण चितवन मेडिकल कलेजमा थप एक पुरुषको मृत्यु

कोरोना संक्रमणका कारण चितवन मेडिकल कलेजमा थप एक पुरुषको मृत्यु

चितवन,कार्तिक ११- चितवनको भरतपुर स्थित चितवन  med कलेजमा उपचाररत थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको गैडाकोट नगरपालिका वडा नम्बर – २ का ५४ बर्षिय पुरुषको मृत्यु भएको हो । स्वासप्रश्वासको समस्या भै कार्तिक ३ गते अस्पताल भर्ना गरिएको उनको आज साझ मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई कार्तिक ४ गते कोरोना संक्रमण पुष्ठि भए पश्चात् अवस्था जटिल बन्दै गएपछि अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचारकै क्रममा मृत्यु भएको हो । मृतक मधुमेह लगायतको रोगको विरामी रहेको जनाइएको छ

ताजा समाचार