चितवन, कार्तिक ११– चितवनको भरतपुर स्थित भरतपुर अस्पतालमा कोरोना संक्रमणका कारण थप एक जना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–२१ का ५६ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । कार्तिक ५ गते श्वासप्रश्वासमा समस्या भई ती पुरुष अस्पताल भर्ना गरिएकोमा उनमा कार्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाइ लामो समयदेखि मुटु र मिर्गौला रोगको समस्या रहेको थियो । उपचारकै क्रममा अबस्था थप जटिल बन्दै गएपछि उनलाई कोभिड आइसीयूमा राखेर उपचार गरिएको अबस्थामा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए ।