होमपेजUncategorizedभरतपुरका १७ सहित चितवनमा थप ३० जनामा कोरोना संक्रमण

भरतपुरका १७ सहित चितवनमा थप ३० जनामा कोरोना संक्रमण

चितवन,कार्तिक ८- चितवनको भरतपुर स्थित भरतपुर अस्पताल कोभिड – १९ परिक्षण प्रयोगशालामा शनिबार गरिएको परीक्षणका क्रममा चितवनका २२ जना सहित थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । परिक्षणका क्रममा चितवन , नवलपुर र तनहुका गरि थप ३० जनामा कोरोना संक्रमण पुष्ठि भएको हो । जसमा भरतपुर महानगरपालिकाका ११ पुरुष ६ महिला गरि १७ जना राप्ती नगरपालिकाका १ पुरुष १ महिला र रत्ननगर नगरपालिकाका २ पुरुष १ महिला छन । यस्तै नवलपुरका ७ जना र तनहुँका १ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा शनिबार २०४ वटा नमुना परिक्षण गरिएकोमा थप ३० जना लाई कोरोना पोजेटिभ देखिएको हो ।

ताजा समाचार