Home चितवन विशेष सामुहिक खेतीका लागि प्रदेश सरकार द्वारा माडीमा धान काटने मेशिन सहयोग

सामुहिक खेतीका लागि प्रदेश सरकार द्वारा माडीमा धान काटने मेशिन सहयोग

0

चितवन , कार्तिक ५ – चितवनको माडी कान्तिपुरमा रहेको सुर्योदय कृषि सहकारी संस्था लिमिटेड द्वारा संचालित सामुहिक खेतीका लागि खरिद गरिएको धान काट्ने मेशिन कम्बाइन्ड हार्भेस्टरको आज बागमती प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले उद्घाटन गरेका छ्न। उदघाटन कार्यक्रममा बागमती प्रदेशको सांसद रामलाल महतो,माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकाल लगायतका ब्याक्तीहरुको सहभागिता रहेको थियो। मन्त्री लामाले कार्यक्रममा मेशिनले धान काटेर उद्घाटन गरेका हुन । मेशिनको बाग्मती प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, कृषि ज्ञान केन्द्र चितवनको ७५ प्रतिशत अनुदान सहयोग र उक्त सहकारी संस्थाको २५ प्रतिशत लगानीमा धान तथा गहुँ काट्ने कम्बाइन हारभेष्टर मेसिन खरिद गरिएको सहकारीका प्रबन्धक शिबजी गायकले बताए । करिब ३६ लाखको लागतमा खरिद गरिएको सो मेसिनले एक घण्टामा एक विगाहा जमीनमा लगाइएको धान , गहु काटन सक्ने बताइएको छ । माडीमा चक्लाबन्दी कार्यक्रम अन्तरगत कान्तिपुरमा विभिन्न कृषि कामहरु तिब्र रुपमा हुँदै आएको छ । केही समय अगाडी पर्देश सरकारकै सहयोगमा सोही सस्थामा धान रोप्ने मेशिन समेत उपलब्ध गराइएको थियो ।