काठमाडौं, कार्तिक ५ – सुदूरपश्चिम प्रदेश सरकारले साहसिक निर्णय गरेको छ । सरकारले नागरिकको समस्यालाई मध्येनजर गर्दै कोरोना संक्रमितको उपचार तथा परीक्षण निशुल्क हुने जनाएको छ छ ।
मंगलबार पत्रकारहरुसँगको भेटघाटमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले कोरोना संक्रमितको उपचार तथा परीक्षण निशुल्क गर्ने बताएका हुन् ।
अहिले सम्म निशुल्क हुँदै आएको परिक्षण तथा उपचार आगामी दिनहरुमा पनि निरन्तर जारी रहने उनले बताए ।
यस बारे प्रदेश सरकारले सरोकार सबैलाई खबर गरिसकाले प्रदेश अन्तरगतका सबै अस्पताल तथा स्वास्थ्य संस्थामा यसअघि भए अनुसार नै निशुल्क परीक्षण तथा उपचार हुने उनले बताए ।
उनले महामारीका बेला जनताको उपचार गर्ने दायित्व सरकारको भएकोले प्रदेश सरकार यस उत्तरदायीत्ववाट पछि नहट्ने बताएका छन् ।
केही दिन अघि संघिय सरकारले निश्चित ब्यक्तिको मात्रै कोरोना परिक्षण तथा उपचार गर्ने भनेपछि यसको सर्वत्र बिरोध भैरहेको छ ।
प्रदेश सरकारको निर्णयमा जनताले खुसी व्यक्त गरेका छन् । – ओकेजनता