Home Uncategorized चितवनको परिक्षणमा थप ४९ जनामा कोरोना संक्रमण

चितवनको परिक्षणमा थप ४९ जनामा कोरोना संक्रमण

0

चितवन, कार्तिक ४–चितवनको भरतपुर स्थित भरतपुर अस्पताल कोभिड–१९ परिक्षण प्रयोगशालामा आज मंगलबार थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्ठि भएको छ । आज गरिएको परीक्षणमा मकवानपुर, नवलपरासी सहितका ४९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिका क्षेत्रका मात्रै २३ जना रहेका छन् । जसमध्ये ११ जना पुरुष र १२ जना महिला रहेका छन् । उनीहरुको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज, नेशनल सिटी हस्पिटल, जयबुद्ध अस्पताल र क्वारेन्टिनबाट स्वाब लिइएको जनाइएको छ ।
यस्तै खैरहनी नगरपालिकाका ४ जना पुरुष र ६ जना महिला गरि १० जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये रहेका छन् । उनीहरु सबैको क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो । त्यस्तै माडी नगरपालिकाका ५ जना पुरुष र एक जना महिला गरी ६ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुको पनि क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो । त्यस्तै रत्ननगर नगरपालिकाका २ पुरुष र ३ महिला गरी ५ जना ,कालिका नगरपालिकाका १ जना पुरुष र राप्ती नगरपालिकाका १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुर अस्पताल र क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो । त्यसैगरी मकवानपुरको हेटौंडा–८ का १ पुरुष र नवलपरासी पूर्व गैंडाकोटका २ पुरुषमा समेत संक्रमण पुष्टि भएको छ ।
मंगलवार प्रयोगशालामा २०१ नमुना परिक्षण गरिएकोमा ४९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।