होमपेजखेलकुदमाडीमा दशै शुभकामना तथा खेल सामाग्री हस्तान्तरण कार्यक्रममा सम्पन्न

माडीमा दशै शुभकामना तथा खेल सामाग्री हस्तान्तरण कार्यक्रममा सम्पन्न

सविना घिमिरे , चितवन ,कातिक ४ – चितवनको माडीका भलिवल खेलाडीहरुले भलिवल क्याप लगायतका खेलकुद सामाग्री पाएका छन् ।आज साहारा युथ कलबद्वारा आयोजित बडा दशैकाे शुभकामना आदानप्रदान तथा खेल सामाग्री हस्तान्तरण कार्यक्रममा माडी नगरपालिका खेलकुद बिकास समितिका अध्यक्ष रामबन्धु पाेखरेल र नगरखेलकुद प्रशिक्षक डिलकुमारी नेपालद्वारा संयुक्तरुपमा खेलाडिहरुलाई भलिवल क्याप लगायतका सामाग्री हस्तान्तरण गरेका हुन । माडी नगरपालिकाको युवा खेलकूद तथा साँस्कृतिक समितिका अध्यक्ष एवं वडाध्यक्ष रामबन्धु पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भलिवल हस्तान्तरण कार्यक्रममा अध्यक्ष पोखरेलले आफुले खेलाडीलाई सक्दाे सहयाेग गर्ने बताए । उनले नजिकिदै गरेको बडा दशैसँगै यस्तो सहयाेगी मन अझै बढदै जाने र आगामी दिनमा सबै खेलका लागि हरेक क्षेत्रमा आफुले महत्त्वपूर्ण भुमिका खेल्ने समेत प्रतिबद्दता ब्यक्त गरे ।
शुभकामना मन्तब्य दिदै माडी नगरपालिकाकी खेलकुद प्रशिक्षक नेपालले खेलाडीहरु लगायत कलबका सम्पूर्ण खेलप्रेमीलाई धन्यवाद दिएकि थिइन ।
कार्यक्रममा क्लबकी संयाेजक निरा क्षेत्री , युवा समाजससेवी कृष्ण बहादुर खड्का, साहारा युथ क्लबका नवीन घिमिरे, समाजससेवी एंवम् शिक्षा प्रेमि खेम नारायण पाैडेल लगायतकाे उपस्थिति रहेकाे थियाे, भने आयोजकले भलिवल खेल सामग्री प्राप्त गरेको क्लबका प्रतिनिधीहरुले क्लबलाई सहयोग गरेकोमा सहयोगदाताहरु प्रति कृतज्ञता व्यक्त गरेका छन् ।

 

ताजा समाचार