होमपेजचितवन विशेषचितवनको ख्यातीप्राप्त शैक्षिक संस्था वेभ एजुकेशनल एकाडेमीको पाँचौ साधारणसभा सम्पन्न

चितवनको ख्यातीप्राप्त शैक्षिक संस्था वेभ एजुकेशनल एकाडेमीको पाँचौ साधारणसभा सम्पन्न

चितवन, कार्तिक ४ – चितवनको ख्यातीप्राप्त शैक्षिक संस्था वेभ एजुकेशनल एकाडेमीको पाँचौ साधारणसभा सम्पन्न भएको छ ।

हिजो भरतपुरमा भएको साधारणसभामा संस्थाका अध्यक्ष डा. दीपक तिवारीले प्रगति बिवरण प्रस्तुत गर्दै संस्थालाई सबैको रोजाईमा परेको दाबि गरे । उनले संस्थाको  प्रतिष्ठालाइ कायमै राख्न सहयोग गर्ने सबैलाइ धन्यबाद समेत दिए ।

एकाडेमीका म्यानेजिङ डाइरेक्टर सुरज ज्ञवालीले कोभिडका कारण संस्थाले सबै बिद्यार्थीलाइ संगै उपस्थित बनाएर अध्ययन अध्यापन गराउन सम्भब नभएकाले अहिले अनलाइन बिधिबाट प्लस टु पछिका कोर्षका कक्षाहरु संचालन भैरहेको बताए ।

कार्यक्रममा संस्थाका लेखा प्रमुख राहुल शर्माले बार्षिक आय ब्यय प्रस्तुत गरेका थिए  ।

साथै संस्थाले ५ सदस्यिय वर्किङ कमिटी समेत गठन गरेको एम डी सुरज ज्ञवालीले जानकारी दिए ।

आजै चयन भएको नयाँ समितिको अध्यक्षमा डा।दीपक तिवारी, म्यानेजिङ डाइरेक्टर सुरज ज्ञवाली,वर्किङ कमिटी सदस्य देव पाठक,राहुल शर्मा र सचेत सुबेदी रहेका छन् ।

वेभले विएससी एजी,फरेस्ट्री,नर्सिङ,फुड,फिसरिज,विटेक,विएमएलटी,विइ,विभिएससी,ए एच लगायतका  तयारी कक्षा संचालन गर्दै आइरहेको छ ।-नगरिकअन्लाईन 

ताजा समाचार