होमपेजचितवन विशेषकोरोना संक्रमणका कारण चितवनमा थप एक बृद्धको मृत्यु

कोरोना संक्रमणका कारण चितवनमा थप एक बृद्धको मृत्यु

चितवन, कात्तिक ४- पुरानो मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमित एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० का ६७ वर्षीय वृद्ध रहेको कलेजले जनाएको छ ।
निमोनियासम्बन्धी उपचारका लागि असोज २९ गते अस्पतालमा भर्ना भएका वृद्धलाई कात्तिक ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उहाँको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमण पुष्टि भई कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उहाँको मृत्यु भएको हो ।रासस

ताजा समाचार