Home ताजा समाचार बिएसपी – नेपालको अध्यक्षमा अर्याल चयन

बिएसपी – नेपालको अध्यक्षमा अर्याल चयन

0

काठमाडौ , कार्तिक ३ – राष्ट्रिय अन्तरास्ट्रिय स्तरमा बायोग्यासको क्षेत्र र प्रबिधिको बिकास तथा बिस्तारमा अग्रणी संस्थाका रुपमा परिचित रहेको बायोग्यास क्षेत्र साझेदारी नेपाल ( बिएसपी – नेपाल)को १३औ साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले शेखर अर्यालको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । अन्य निर्बाचित पदाधिकारीहरुमा
उपाध्यक्ष सुन्दर प्रसाद बजगाइ , महासचिव डा.अमृत बहादुर कार्की , कोषाध्यक्ष सुरेन्द्र लाल श्रेष्ठ र कार्यकारी सदस्यहरुमा बिश्व राज कार्की , किशोर ज्ञावली र सरोज राई चयन भएका हुन । नबनिर्बाचित अध्यक्ष अर्यालले आगामी दिनमा बायोग्यास क्षेत्रको बिस्तार र बिकासका लागि आफ्नो टिम प्रतिबद्ध रहेको बताउदै नयाँ नेतृत्व चयनका लागि सहयोग गर्ने सबै प्रती धन्यवाद ज्ञापन गरेका थिए । बिएसपी – नेपालले नेपालको बायोग्यासको क्षेत्रमा निर्माण, प्रबिधीको बिकाश र तालिम लगायतका काममा सहयोग गर्दै आएको छ ।