होमपेजचितवन विशेषकोरोना संक्रमणका कारण चितवनमा थप एक बृद्धको मृत्यु

कोरोना संक्रमणका कारण चितवनमा थप एक बृद्धको मृत्यु

चितवन, कात्तिक ३- चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेजमा थप एकजना कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ । अस्पतालमा उपचाररत भरतपुर महानगरपालिकाका ७६ वर्षिय पुरुषको आज बिहान मृत्यु भएको हो ।
भरतपुर महानगरपालिका वडा नम्बर १० का पुरुषको आज बिहान ४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उच्च ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएपछि गत असोज २० गते अस्पताल भर्ना गरिएकोमा उपचारकै क्रममा आज बिहान मृत्यु भएको हो । उनलाई भर्ना गरिएकै दिन असोज २० गते कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

ताजा समाचार