Home चितवन विशेष तारापुञ्ज सहकारीको साधारणसभामा ब्यबसायी राजभण्डारी सम्मानित

तारापुञ्ज सहकारीको साधारणसभामा ब्यबसायी राजभण्डारी सम्मानित

0

चितवन, कार्तिक २ – चितवनको भरतपुर स्थित तारापुञ्ज बचत तथा ऋण सहकारी संस्थाको ११औं बार्षिक साधारण सभाको अबसर पारेर सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सस्थाले सामाजिक अगुबा , व्यावसायि , एल्लो पेगोडा होटलका प्रबन्ध निर्देशक अनिल राजभण्डारी लाई आइतबार एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । सहकारीका शेयर सदस्य राजभण्डारीले संस्था मार्फत अतुलनीय योगदान दिएका भन्दै सम्मान गरिएको हो । कार्यक्रममा संस्थाका उपाध्यक्ष श्रीराम देबकोटाले अभिनदन सहित सम्मान पत्र हस्तान्तरण गर्दै सम्मान गरेका हुन । सम्मानित ब्याक्तित्व भण्डारीले आफुलाइ संस्थाले गरेको सम्मानले आफुलाइ अझै सामाजिक काममा हौसला बढेको बताए । केही बर्ष अगाडी संस्थाका पुर्ब ब्यबस्थापक केदारनाथ वाग्लेको सबारी दुर्घटनामा निधन भएपछी उनका छोरा स्पन्दन बाग्लेको शैक्षिक अबस्था सुधार र अध्यनका लागि राजभण्डारीले ५ बर्षको अबधिमा करिब २ लाख रुपैया सहयोग गर्नु भएको हो । हाल स्पन्दन १० कक्षामा पढदै गरेको संस्थाले जानकारी दिएको छ । सहकारी संस्थाका सचिब रेगन पन्तले संचालन गरेको कार्यक्रमका प्रमुख अतिथी सस्थाका सल्लाहकार तथा प्रदेश साम्सद कृष्ण भुर्तेल रहेका थिए । कोभीड – १९ को विषम परिस्थितिमा संस्थाले निर्देशिका एवं कार्यविधिमा रहेर असोज २५ गते बाट ३० गते सम्म ६ दिनको अबधिमा साधारण सभा सम्पन्न गरेको थियो ।