होमपेजचितवन विशेषचितवनमा संक्रमितको संख्या ३३ सय नाघ्यो , आज थपिए १ सय २...

चितवनमा संक्रमितको संख्या ३३ सय नाघ्यो , आज थपिए १ सय २ संक्रमीत

चितवन,कार्तिक २- चितवनका विभिन्न स्वास्थ्य सस्थामा आइतबार थप १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ४९ सहित ५६ जनामा कोरोना पुष्टि भएको हो । प्रयोगशालामा ४ सय ३१ नमुना परीक्षण गरिएकोमा ५६ जनाको कारोना पोजेटिभ आएको छ । जसमध्ये भरतपुर महानगरपालिकाका मात्र १८ पुरुष र १६ महिला,राप्ती नगरपालिकाका ३ महिला,खैरहनी नगरपालिकाका २ पुरुष,१ महिला, रत्ननगर नगरपालिकाका २ पुरुष ३ महिला,कालिका नगरपालिकाका १ पुरुष र इच्छाकामना गाँउपालिकाका ३ पुरुष रहेका छन । यस्तै नवलपरासीका १ पुरुष १ महिला र पर्साका ४ पुरुष १ महिलाको संक्रमण पुष्टि भएको छ । उनिहरुको भरतपुरका विभिन्न अस्पताल र क्वारेन्टिनबाट श्वाब संकलन गरिएको थियो ।यस्तै बी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कोभिड १९ मोलिक्यूलर ल्याबमा गरिएको परीक्षणमा ४६ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये चितवनका मात्रै ३४ जना रहेका छन । यो संगै चितवनका संक्रमितको संख्या ३३ सय १७ पुगेको छ ।

ताजा समाचार