होमपेजचितवन विशेषसांसद पोख्रेल द्वारा निर्माणाधीन सडकको अबलोकन

सांसद पोख्रेल द्वारा निर्माणाधीन सडकको अबलोकन

शान्ता अधिकारी , चितवन, कात्तिक २-  प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले आज भरतपुर महानगरपालिका वडा नम्वर ११ को बसेनी लामाटोल सडक खण्डको अवलोकन गर्नुभएको छ । संघिय सरकारको तिन करोड रुपैयामा निर्माण हुदै गरेको सडक खण्डको निरीक्षण पछी प्रतिनिधिसभा सदस्य पोखरेलले आउदा दिनमा बाटो बनाउदा ढल निर्माणलाई पहिलो प्राथमिकता दिने बताउनु भएको छ ।
स्थानियसंग अन्तरक्रिया गर्दै प्रतिनिधिसभा सदस्य पोखरेलले यस वर्ष भएको लगातारको वर्षाले धेरैलाई सचेत गराएको भन्दै आउदा दिनमा ढलसंगै सडक निर्माण हुने बताउनु भएको छ । प्रतिनिधिसभा सदस्य पोखरेलले अहिलेको सरकारले विकासका कामलाई प्राथमिकता दिएको बताउनु भयो । जनताको समस्यालाई नजिकबाट नियाल्दै आवश्यकताको आधारमा विकासका पूर्वाधार निर्माण गर्दै लौजाने काम गरेको जानकारी दिनु भयो । अवलोकनका क्रममा सडकको कार्यप्रगति संतोषजनक पाईएको बताउनुभयो ।
अहिले कोरोनाको संक्रमण बढ्रदै गएको भन्दै सुरक्षीत तरिकाले चाडपर्व मनाउन प्रतिनिधिसभा सदस्य पोख्रेलले आग्रह गर्नुभएको छ । संक्रमितहरलाई घृणा नगरी माया सदभाव कायम गरी मनोबल बढाउने काम समुदायबाट नै हुनुपर्ने उहाँले बताउनु भयो । सो अवसरमा उहाँले नेपालीहरुको महान पर्व वडा दशै, तिहा, छठ लगाएतका पर्वहरुको शुभकामना समेत दिनुभएको थियो । सो अनुगमका क्रममा वडा नम्बर ११ का वडा अध्यक्ष बाबुराम अधिकारी लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।

ताजा समाचार