होमपेजचितवन विशेषतारापुञ्जको ११औ वार्षिक साधारणसभा सम्पन्न

तारापुञ्जको ११औ वार्षिक साधारणसभा सम्पन्न

चितवन, कार्तिक १ – चितवनको भरतपुर स्थित तारापुञ्ज बचत तथा ऋण सहकारी संस्थाको ११औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । कोभीड – १९ को विषम परिस्थितिमा संस्थाले निर्देशिका एवं कार्यविधिमा रहेर असोज २५ गते बाट ३० गते सम्म ६ दिनको अबधिमा साधारण सभा सम्पन्न गरेको हो । सदस्यहरुको सुरक्षालाई ध्यानमा राखेर सदस्यहरुकै लगानीमा निर्माणाधिन तारापुञ्ज रिसोर्टमा दैनिक थोरै सदस्यहरु उपस्थित गराएर साधारण सभा सम्पन्न गरिएको संस्थाका उपाध्यक्ष तथा साधारणसभा तयारी समितीका संयोजक श्रीराम देबकोटाले बताए । यसैबिच एक कार्यक्रम बिच बिजया दशमी , दिपावली तथा छट्पर्बको शुभकामना तथा साधरण सभाको समापन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी सस्थाका सल्लाहकार तथा प्रदेश साम्सद कृष्ण भुर्तेल रहेका थिए । कार्यक्रममा साधरण सभामा ७८ प्रतिशत सदस्यको सहभागिता भएको संस्थाका अध्यक्ष सुदिप रेग्मीले बताए । कोरोनाको समयमा पनि शेयर सदस्यको उपस्थितले आफुहरु उत्सहित बनेको अध्यक्ष रेग्मीको भनाइ छ । कार्यक्रममा साधारणसभामा सहभागी सदस्यहरुले संस्थाका अध्यक्ष , सचिब र कोषध्यक्षको प्रतिबेदन , बार्षिक प्रगती तथा आय- ब्यय प्रतिबेदन , लेखा समितिको प्रतिबेदन , लेखा परिक्षण प्रतिबेदन , लेखा परिक्षण अनुमोदन र चालू आर्थिक बर्षमा लेखा परिक्षण नियुक्ति र पारिश्रर्मिक निर्धारण र सचिब बाट संस्थाको कार्य योजना तथा बजेट प्रतिबेदन उपलब्ध गराइएको र इकाइ भेला सम्पन्न गरि कार्यक्रमका विषयमा सुझाव संकलनका लागि साधारण सभा सकिएको ३ दिन भित्र राय सुझाब दिन सकिने ब्यबस्था मिलाइएको संस्थाका सचिब रेगन पन्तले बताए । सहकारी संस्थामा हाल कुलपुजी करिब ६० करोड र १ हजार ६ सय शेयर सदस्य आवद्ध रहेका छ्न ।

ताजा समाचार