होमपेजUncategorizedनेपाल बाल संगठन चितवनको सभापतिमा पौडेल

नेपाल बाल संगठन चितवनको सभापतिमा पौडेल

चितवन , असोज ३० – नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तगत नेपाल बाल संगठन चितवन जिल्ला सभापतिमा सामाजिक अगुवा रबिकिरण पौडेल नियुक्त भएका छ्न । नेपाल बाल संगठनको केन्द्रले विभिन्न जिल्लाको सभापति नियुक्त गरिरहेको अबस्थामा चितवनमा पौडेलको नियुक्ति भएको हो । सभापति पौडेलले यस अगाडी जिल्ला गैर सरकारी सस्था समन्वय समितिका पुर्ब अध्यक्ष , प्रकोप ब्यबस्थापनका लागि गैरसरकारी संस्था समन्वय समितिका संयोजक , नेपाल ग्रामिण आत्मनिर्भर अभियान (रुसेक) संस्थाका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पुर्ब केन्द्रिय पार्सद लगायत विभिन्न सामाजिक संघसंगठनमा रहेर काम गरि सकेका छ्न । पौडेलको नियुक्तिले चितवनमा बाल अधिकार सुनिश्चित गर्न र बालबालिकाको क्षेत्रमा उल्लेख काम हुने आशा गरिएको छ ।

ताजा समाचार