होमपेजचितवन विशेषचितवनमा थप ५९ जनामा कोरोना संक्रमण पुष्ठि

चितवनमा थप ५९ जनामा कोरोना संक्रमण पुष्ठि

चितवन, असोज २९- चितवनको भरतपुर स्थित भरतपुर अस्पताल कोभिड – १९ परिक्षण प्रयोगशालामा थप ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ५४ जनासहित ५९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका मात्र ३० जना रहेका छन् । जसमध्ये ३ वर्षीय बालकसहित १९ जना पुरुष र ११ जना महिला रहेका छन् । यस्तै थप संक्रमितहरुमा राप्ती नगरपालिकाका २ पुरुष र ५ महिलागरी ७ जना, खैरहनी नगरपालिकाका २ पुरुष र ३ महिला गरी ५ जना, माडी नगरपालिकाका २ जना पुरुष, रत्ननगर नगरपालिकाका एक पुरुष र ४ महिला गरी पाँच जना र कालिका नगरपालिकाका ३ पुरुषमा संक्रमण पुष्टि भएको छ । यसैगरि इच्छाकामना गाउँपालिकाका २ जनामा समेत संक्रमण पुष्टि भएको छ ।त्यसैगरी काठमाडौंका २ पुरुष, नवलपरासीको देवचुलीका १, तनहुँ र सर्लाहीका एक , एक जनामा संक्रमण पुष्टि भएको हो । प्रयोगशालामा बुधबार २८१ नमुना परिक्षण गरिएकोमा ५९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

ताजा समाचार