चितवन, असोज २८– चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेजमा कोरोना भाइरस बाट थप एक जना पुरुषको मृत्यु भएको छ । नवलपरासी पूर्व मध्यविन्दु–१५ का ७५ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति मत्यु भएको हो । कोभिड आइसीयूमा उपचाररत ती पुरुषको राति १०ः२० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।असोज १८ गते श्वासप्रश्वासमा समस्या भए पछि उनलाइ अस्पताल भर्ना गरिएको जनाइएको थियो । उनलाई असोज २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।