होमपेजचितवन विशेषक्यान्सर अस्पतालको परिक्षणमा थप २७ जनामा कोरोना संक्रमण

क्यान्सर अस्पतालको परिक्षणमा थप २७ जनामा कोरोना संक्रमण

चितवन,असोज २७ -चितवनको भरतपुर स्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप संक्रमितहरु १० जना मात्र चितवनका र १७ जना अन्य जिल्लाका हुन् । भरतपुरको वडा नम्बर ७ का मात्रै ५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै भरतपुर ११ का दुई पुरुष, १२ का एक पुरुष र रत्ननगर १० कि एक महिलामा पनि कोरोना संक्रमण देखिएको छ ।
प्रयोगशालामा परिक्षणका क्रममा बाराका ३जनाा , सिराहाका ३ जना, रुपन्देहीमा २ र नवलपुरका २ जना तथा मोरङ, म्याग्दी, सर्लाही, दार्चुला र गोरखाका एक – एक जनामा कोरोना पुष्टि भएको हो ।

ताजा समाचार