होमपेजचितवन विशेषचितवनमा सोमबार ३४ कोरोना संक्रमीत थपिए

चितवनमा सोमबार ३४ कोरोना संक्रमीत थपिए

lचितवन, असोज २६– चितवनको भरतपुर स्थित भरतपुर अस्पताल कोभिड – १९ परिक्षण प्रयोगशालामा आज सोमबार थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ३२ र अन्य जिल्लाका २ जना गरी ३४ जनामा संक्रमण पुष्टि भएको हो ।संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २७ जना रहेका छन् । उनिहरु १९ जना पुरुष र ८ जना महिला रहेका छन् । यसैगरि रत्ननगर नगरपालिकाका २ जना , खैरहनीका एक जना माडी नगरपालिका र इच्छाकामना गाउँपालिकाका एक – एक जनामा संक्रमण पुष्टि भएको छ ।त्यस्तै थप संक्रमितहरुमा सर्लाहीका एक जना र नवलपरासी पूर्व मध्यविन्दुका एक जनामा संक्रमण पुष्टि भएको हो । प्रयोगशालामा २८६ वटा नमुना परिक्षण गरिएकोमा ३४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

ताजा समाचार