होमपेजचितवन विशेषकोरोना संक्रमणका कारण चितवन मेडिकल कलेजमा थप एक महिलाको मृत्यु

कोरोना संक्रमणका कारण चितवन मेडिकल कलेजमा थप एक महिलाको मृत्यु

चितवन, असोज २६– चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेजमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । रुपन्देही जिल्लाको तिलोत्तमा–१५ की ३५ वर्षीया महिलाको आज सोमबार दिउँसो ४ बजे उपचारका क्रममा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भइ ती महिला असोज २१ गते अस्पताल भर्ना भएकी थिइन् । असोज २० गते लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई थप उपचारका लागि चितवन ल्याईएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।उनको कोभिड आइसीयूमा भेन्टिलेटरको सहायतामा उपचार क्रममा मृत्यु भएको हो ।

ताजा समाचार