होमपेजचितवन विशेषचितवनमा थपिए ५५ कोरोना संक्रमित

चितवनमा थपिए ५५ कोरोना संक्रमित

चितवन, असोज २६– चितवनको भरतपुर स्थित भरतपुर अस्पताल कोभिड – १९ परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ४६ र अन्य विभिन्न जिल्लाका ९ जना गरी ५५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमीत हुनेहरुमा चितवनको भरतपुर महानगरपालिकाका मात्रै ३४ जना रहेका छन् । उनिहरु १८ जना पुरुष र १६ जना महिला हुन । यसैगरी रत्ननगर नगरपालिकाका ५ महिला र एक पुरुष गरी ६ जना ,खैरहनी नगरपालिकाका ३ जना पुरुष र राप्ती नगरपालिकाका एक जना पुरुषमा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । त्यस्तै कालिका नगरपालिकाकाका एक महिला र एक पुरुषमा संक्रमण देखिएको छ ।यस्तै पर्सा जिल्लाका ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ भने तनहुँ, मकवानपुर र सर्लाहीका एक÷एक जनामा संक्रमण पुष्टि भएको हो ।

ताजा समाचार