होमपेजचितवन विशेषवडा अध्यक्षको शोकमा आज भरतपुर महानगरपालिका एक दिनका लागि बन्द

वडा अध्यक्षको शोकमा आज भरतपुर महानगरपालिका एक दिनका लागि बन्द

चितवन, असोज २६– चितवनको भरतपुर महानगरपालिका र मातहतका कार्यालय आज सोमबार एक दिनका लागि बन्द गरिने भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष मणिलाल तामाङको हिजो भएको निधनप्रति दुःख व्यक्त गर्दै उनको सम्मानमा भरतपुर महानगरपालिका र सो अन्तरगतका कार्यालय आज एक दिनका लागि बन्द गर्न लागिएको हो । वडाध्यक्ष तामाङको कोरोना संक्रमणबाट हिजो आइतबार विहान ११ः३० बजे भरतपुर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । महानगरपालिकाले शोक वक्तव्य जारी गर्दै दिवंगत तामाङप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकूल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ । चितवनमा कोरोना संक्रमणका कारण पहिलो पटक जननिर्वाचित प्रतिनिधिको मृत्यु भएको हो ।

ताजा समाचार