होमपेजचितवन विशेषकोरोना संक्रमणका कारण भरतपुरमा वडा अध्यक्षको मृत्यु

कोरोना संक्रमणका कारण भरतपुरमा वडा अध्यक्षको मृत्यु

चितवन, असोज २५– कोरोना भाइरस संक्रमणका कारण चितवनमा वडा अध्यक्षको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष ६९ वर्षीय मणिलाल तामाङको मृत्यु भएको अस्पतालले जनाएको छ । उनको भरतपुर अस्पतालको कोभिड आइसीयूमा राखेर उपचार गरिएको थियो । चितवनमा पहिलोपटक कोरोनबाट जनप्रतिनिधिको मृत्यु भएको हो । अध्यक्ष तामाङ २०७४ को स्थानीय तहको निर्वाचन नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए ।

ताजा समाचार