चितवन, असोज २४–चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेजको परिक्षणमा एकैदिन ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परीक्षणमा चितवन सहित पुर्ब नवलपरासी , काठमाडौं, तनहुँ, रुपन्देही, दाङ, दोलखा, पर्सा, मकवानपुर र सर्लाहीका व्यक्तिहरुमा संक्रमण पुष्टि भएको हो । थप संक्रमितहरुमा सबै भन्दा धेरै चितवनको भरतपुर महानगरपालिकाका मात्र ६२ जना रहेका छ्न । त्यस्तै रत्ननगर नगरपालिकाका १५ जना, खैरहनी नगरपालिकाका ८ जना, राप्ती नगरपालिकाका ४ जना, कालिका र माडी नगरपालिकाका एक – एक जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पुर्ब नवलपरासीका ८ जना, मकवानपुरका ३ जना, पर्साका २ जना, सर्लाही, दोलखा, दाङ, रुपन्देही, तनहुँ र काठमाडौंका एक -एक जनामा संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा ४७० नमुना परिक्षण गरिएकोमा ११४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।