Home चितवन विशेष चितवनका थप ३५ जनामा कोरोना संक्रमण पुष्ठि

चितवनका थप ३५ जनामा कोरोना संक्रमण पुष्ठि

0

चितवन, असोज २४ –चितवनको भरतपुर स्थित भरतपुर अस्पताल कोभिड – १९ परिक्षण प्रयोगशालामा शुक्रबार थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर, राप्ती, खैरहनी, इच्छाकामना, रत्ननगर र माडीका गरि ३५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै ९ पुरुष र ८ महिला गरी १७ जना रहेका छन् । यस्तै राप्ती नगरपालिकाका ४ पुरुष र १ महिला, खैरहनी नगरपालिका–८ की ४५ वर्षीया महिला, इच्छाकामना गाउँपालिका–४ का २ महिलामा पनि संक्रमण पुष्टि भएको छ ।
त्यसैगरि रत्ननगर नगरपालिकाका ४ पुरुष र २ महिला, माडी नगरपालिकाका २ पुरुष र २ महिला गरी ४ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज, पुष्पाञ्जली अस्पताल, ओम अस्पताल र क्वारेन्टिनबाट उनीहरुको स्वाब संकलन गरिएको जनाइएको छ । प्रयोगशालामा शुक्रबार २८९ नमुना परिक्षण गरिएकोमा ३५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।