होमपेजचितवन विशेषचितवनमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु

चितवनमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन, असोज २३– चितवनको भरतपुर स्थित कलेज अफ मेडिकल साइन्सेस ( पुरानो मेडिकल कलेज ) मा थप एक जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । नवलपरासी पूर्व गैंडाकोट नगरपालिका वडा नम्बर १ का ३६ वर्षीय पुरुषको मृत्यु भएको हो । मिर्गौला लगायतको समस्या भई केही दिन अगाडी अस्पताल भर्ना भएका उनमा असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको कोभिड आइसीयूमा उपचारको क्रममा आज दिउसो मृत्यु भएको अस्पतालले जनाएको छ ।

ताजा समाचार