होमपेजचितवन विशेषभरतपुर एकै वडाका १५ सहित थप ३० जनामा कोरोना संक्रमण

भरतपुर एकै वडाका १५ सहित थप ३० जनामा कोरोना संक्रमण

चितवन, असोज २३– चितवनको भरतपुर स्थित भरतपुर अस्पताल कोभिड – १९ परिक्षण प्रयोगशालामा बिहिबार गरिएको परिक्षणमा चितवनका २७ जना सहित थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । परीक्षणका क्रममा चितवन , मकवानपुर, नवलपरासी पूर्वकासहित ३० जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ८ का मात्र १५ जना रहेका छ्न । उनिहरु ८ जना पुरुष र ७ जना महिला रहेका छ्न , राप्ती नगरपालिकाका ३ पुरुष र ३ महिला गरी ६ जना, खैरहनी नगरपालिकाका एक महिला र एक पुरुष गरी दुई जना, रत्ननगर नगरपालिकाका ४ जना पुरुष रहेका छन् । उनीहरु भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र पुरानो मेडिकल कलेजबाट स्वाब दिएका थिए ।यस्तै नवलपरासी पूर्व गैंडाकोटका एक महिला र कावासोतीका एक पुरुष, मकवानपुर हेटौंडा–४ का ५० वर्षीय एक पुरुषमा समेत संक्रमण देखिएको छ । बिहिवार प्रयोगशालामा २२० नमुना परिक्षण गरिएकोमा ३० जनामा कोरोना पोजेटिभ देखिएको हो ।

 

 

 

ताजा समाचार