होमपेजखेलकुदजन्मदिनको अवसरमा चेपाङ बालबालिकालाई शैक्षिक - खेलकुद सामाग्री सहयोग

जन्मदिनको अवसरमा चेपाङ बालबालिकालाई शैक्षिक – खेलकुद सामाग्री सहयोग

चितवन , असोज २२ – चितवनको माडी नगरपालिका वडा नम्बर ३ बसन्तपुरकी महिला अगुवा अमृता क्षेत्रीले आफ्नो जन्मदिनको अबसर पारेर लक्ष्मीनिवासमा रहेको चेपाङ छात्रबासलाई शैक्षिक एवं खेलकूद सामग्री सहयोग गरेकी छ्न । छात्रबासमा संरक्षित बालबालिकाहरुका लागि करीब ७ हजार ५ सय रुपैंया बराबरको फुटबल, ब्याटमिन्टन, क्यारमबोर्ड,लुडो ,स्कपिङ्ग,डटपेन,पम्प, कर्क सहयोग गरेकी हुन । पछिल्लो समय जन्मदिन मनाउन फजुल खर्च गर्ने गरिएको र सो खर्चको रकम सामाजिक काममा लगाउन सकिने बताउदै सानो सहयोग गरेको क्षेत्रीले बताइन । यस्ता किसिमका सहयोगले समाज परिबर्तनमा टेबा पुग्ने र बालबालिका लाई हौसला समेत हुने छात्राबासका ब्यबस्थापक टीका आचार्यले बताए । माडीको सो मनमोहन सहयोगी बालग्राममा हाल ४३ जना चेपाङ बालबालिका रहेका छन्।

ताजा समाचार