होमपेजताजा समाचारचार हजार ३६४ जना सङ्क्रमित, ९८ हजार ६१७ जनामा सङ्क्रमण

चार हजार ३६४ जना सङ्क्रमित, ९८ हजार ६१७ जनामा सङ्क्रमण

काठमाडौँ, असोज २२ – नेपालमा कोरोना भाइरसका चार हजार ३६४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्मा साे सङ्क्रमितसहित ९८ हजार ६१७ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

हाल २६ हजार सात जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । साेही संख्यामा हाेम र संस्थागत आइसाेलेसनमा बसेका छन् । क्वारेन्टिनमा चार हजार १६४  छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २ हजार ६७५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केकाे बताएकाे छ । हालसम्म ७१ हजार ३४३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

मृत्यु

पछिल्लो चौबीस घण्टामा १२ जनाकाे काेराेना भाइरसका कारणले मृत्यु भएकाे छ । याेसँगै नेपालमा कुल ५९o जनाकाे मृत्यु भएकाे पत्रकार सम्मेलनमा जानकारी दिइएकाे छ ।

ताजा समाचार