होमपेजचितवन विशेषकोरोना संक्रमणका कारण चितवन मेडिकल कलेजमा थप एक महिलाको मृत्यु

कोरोना संक्रमणका कारण चितवन मेडिकल कलेजमा थप एक महिलाको मृत्यु

चितवन,असोज २० – चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा कावासोती नगरपालिका वडा नम्बर ५ कि ७७ वर्षिया रहेको अस्पतालले जनाएको छ ।निमोनिया र स्वासप्रस्वास समस्या भई असोज १६ गते अस्पतालमा भर्ना भएकी उनको आज विहान ३ः४५ वजे मृत्यु भएको हो । उनलाई उपचारका क्रममा यहि असोज १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस्तै कोरोना भाइरस संक्रमणका कारण भरतपुर अस्पतालमा सोमबार साँझ एक जनाको मृत्यु भएको थियो । अस्पतालमा उपचारका लागि ल्याईएका भरतपुर महानगरपालिका–३ का ७० वर्षीय पुरुषको सोमबार बेलुका ७ः१५ बजेको समयमा मृत्यु भएको हो ।

ताजा समाचार