होमपेजचितवन विशेषप्रभात दिदी बहिनी सहकारीको असोज २२ बाट साधारणसभा

प्रभात दिदी बहिनी सहकारीको असोज २२ बाट साधारणसभा

चितवन, असोज २० – चितवनको भरतपुर स्थित प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाले आउँदो असोज २२ गतेबाट २८ गतेसम्म २२औं साधारणसभा गर्ने भएको छ ।
कोभीड १९ को विषम परिस्थितिमा संस्थाको निर्देशिका एवं कार्यविधिमा रहेर साधारण सभा गर्न लागेको हो । सहकारीका अध्यक्ष बिमला न्यौपाने ज्ञवालीले सदस्यहरुको सुरक्षालाई ध्यानमा राखेर एक साता लामो साधारण सभा गर्न लागिएको बताइन । संस्थाको विभिन्न सेवा केन्द्र र संकलन केन्द्रमा प्रतिवेदन पुस्तिकाहरु राखेर सदस्यहरुलाई संस्थाले वर्षदिनभरी भए गरेको कामहरुको बारेमा जानकारी दिन लागेको हो ।
विभिन्न चरणमा गरेर सम्पन गर्न लागिएको साधारण सभामा भौतिक एवं अभौतिक रुपमा उपस्थिती जनाएर साधारण सभामा सहभागिता जनाउन सकिने व्यवस्था मिलाईएको छ । असोज २२ गतेबाट २६ गतेसम्म मुख्य कार्यालय र सेवा केन्द्रहरुमा उपस्थित भई प्रतिवेदन लिई सकिने जनाइएको छ ।
संस्थाको केन्द्रिय कार्यलय भरतपुर १२ मालपापोत चोक, भरतपुर ९ शरदपुर सेवा केन्द्र र कालिका नगरपालिका ९ शक्तिखोर सेवा केन्द्रमा बिहान १० बजे देखि ४ बजे सम्म उपस्थित भएर प्रतिवेदन लैजाने शेयर सदस्यहरु लाई अनुरोध गरिएको छ । लक्ष्मीपुर संकलन केन्द्रमा भने बिहान १० वजेबाट ३ बजेसम्म उपस्थित भईदिन समेत संस्थाले शेयर सदस्यहरुलाई आग्रह गरेको छ । त्यसैगरी असोज २७ गते जुम मार्फत वा संस्थाको आधिकारी फेसबुक मार्फत सुझाव संकलन गर्न लागिएको हुँदा जुममा सहभागिता जनाउन सकिने जनाइएको छ । २२ गतेबाट २६ गतेसम्म सदस्यहरुको हात हातमा प्रतिवेदन पुस्तिका पुरयाउने र २७ गते प्रतिवेदनमाथि जुम मार्फत छलफल गर्न लागिएको बताइएको छ । साथै २८ गते हुने साधारण सभा आभाष टेलिभिजनबाट प्रत्यक्ष प्रसारण, फेसबुक लाईभ र जुम मार्फत बिहान १० वजेदेखि बेलुकी पाँच बजेसम्म हेर्ने व्यवस्था मिलाईएको पनि संस्थाले जनाएको छ ।

ताजा समाचार