Home चितवन विशेष चितवनको परिक्षणमा थपिए ६६ कोरोना संक्रमित

चितवनको परिक्षणमा थपिए ६६ कोरोना संक्रमित

0

चितवन, असोज १९– चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेजमा आइतबार गरिएको परिक्षणमा थप ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कलेजको प्रयोगशालामा गरिएको परीक्षण चितवनका ४७ र अन्य जिल्लाका १९ जना गरी ६६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिकाका मात्र ३५ जना रहेका छ्न । त्यस्तै रत्ननगर नगरपालिकाका ३ जना, खैरहनी नगरपालिकाका ५ जना, कालिका नगरपालिकाका २ र इच्छाकामना गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको हो । यसैगरि नवलपरासी पूर्वका १२ जना, मकवानपुरका ३, तनहुँ, रुपन्देही, बारा र पर्साका एक ,एक जनामा संक्रमण पुष्टि भएको छ । आइतबार प्रयोगशालामा १८७ वटा नमुना परिक्षण गरिएकोमा ६६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।