होमपेजचितवन विशेषनेपाल सेफ एसोसिएसनको चितवनमा शाखा गठन

नेपाल सेफ एसोसिएसनको चितवनमा शाखा गठन

चितवन , असोज १८- नेपाल सेफ एसोसिएसनको भेलाले आज चितवनमा शाखा गठन गरेको छ । होटलमा खाना बनाउने सेफ कुकहरुको छाता संगठन सेफ एसोसियसनले तेश्रो शाखाको रुपमा चितवनको भरतपुरमा जिल्ला शाखा गठन गरेको हो ।
आज सेफहरुको भरतपुरमा भएको भेलाले कुमार लामाको संयोजकत्वमा १७ सदस्यीय कार्य समितीको समेत गठन गरेको छ । नव गठित कार्यसमितीमा उपाध्यक्ष शरण श्रेष्ठ, सचिब मौसम पौडेल , सहसचिब राजु अधिकारी , कोषाध्यक्ष राम लुङ्गेली , सदस्य अशोक पाण्डे लगायत रहेका छ्न । मुख्य कार्यलय काठमाडौमा स्थापना गरेपछि दोश्रो शाखाको रुपमा पोखरा र आज तेश्रो शाखाको रुपमा आज चितवनमा शाखा स्थापना गरिएको सस्थाका केन्द्रीय महासचिब पदम आले मगरले बताए । कार्यक्रम नेपाल सेफ एसोसियसनका सस्थापक अध्यक्ष पुष्प थापा प्रमुख आतिथि र महासचिब आले मगरले सहजिकरण गरेका थिए । २०५३ सालमा काठमाडौमा स्थापित सो संस्थाले बिगतदेखी नै खाना पकाउने सेफ कुकहरुको हक हित र समस्या समाधानको पक्षमा आवाज उठाउदै आएको छ । सोही कार्यक्रममा हेटौंडा देखि बुटवल सम्मका सक्रिय सदस्यको पहिचान समेत गरिएको जनाइएको छ ।

ताजा समाचार