होमपेजताजा समाचारजुम्ल्याहा जन्माएपछि कोरोना संक्रमण पुष्टि भएकी कञ्चनपुरकी सुत्केरीको मृत्यु

जुम्ल्याहा जन्माएपछि कोरोना संक्रमण पुष्टि भएकी कञ्चनपुरकी सुत्केरीको मृत्यु

बाँके, असोज १८ – बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पतालमा कोरोना संक्रमित सुत्केरीकाे मृत्यु भएको छ। फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार कञ्चनपुरकाे महेन्द्रनगर-२ ठेगानाकी २९ वर्षीया सुत्करीकाे उपचारका क्रममा आज (आइतबार) बिहान ४:३० बजे मृत्यु भएको हाे।

धनगढी स्थित सेती अस्पतालमा उनले एक छाेरा र छाेरी जुम्ल्याहा जन्माएकी थिइन्। त्यस क्रममा उच्च रक्तश्राव भएपछि उनको पाठेघरको अपरेसन गरिएको थियो। रगत चढाई उपचार गर्ने क्रममा पीसीआर जाँच गर्दा उनमा कोरोना पुष्टि भएको थियो। त्यसपछि असोज १५ गते उनलाई नेपालगन्ज मेडिकल कलेज भर्ना गरिएको थियो।

तर उपचारकै क्रममा आज बिहान उनकाे मृत्यु भएको अस्पतालले जनाएको छ। –  खबर कुन्ज

ताजा समाचार