होमपेजचितवन विशेषभरतपुर ७ का १० जना सहित चितवनमा थप १६ जनामा कोरोना संक्रमण

भरतपुर ७ का १० जना सहित चितवनमा थप १६ जनामा कोरोना संक्रमण

चितवन , असोज १८ – चितवनको भरतपुर स्थित बि पि कोईराला क्यान्सर अस्पतालमा शुक्रवार गरिएको परिक्षणमा चितवनका ११ जना सहित थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्ठि भएको छ । अस्पतालको कोभिड -१९ मोलिक्युलर ल्याव प्रयोगशालामा १ सय ५० वटा नमुना परिक्षणका क्रममा थप १६जनामा संक्रमण पुष्ठि भएको हो । परिक्षणका क्रममा भरतपुर महानगरपालिकाको वडा नम्बर ७ का मात्र १० जनामा कोरोना संक्रमण देखिएको हो । उनिहरु ५ जना महिला र ५ जना पुरुष रहेका छ्न । त्यस्तै राप्ती नगरपालिकाका थप एक जना पुरुषमा संक्रमण देखिएको अस्पतालले जनाएको छ । त्यस्तै बर्दियाका २ जना , बाकेका १ जना ,कैलालीका १ जना र झापाका थप एक जना कोरोना संक्रमण देखिएको हो । उनिहरु सबैको स्वाब क्यान्सर अस्पताल बाट लिइएको हो ।

ताजा समाचार