होमपेजचितवन विशेषकोरोनाका कारण भरतपुर अस्पतालमा थप एक पुरुषको मृत्यु

कोरोनाका कारण भरतपुर अस्पतालमा थप एक पुरुषको मृत्यु

चितवन , असोज १८ – चितवनको भरतपुर स्थित भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमणका कारण थप एक पुरुषको मृत्यु भएको छ । चितवन जिल्ला कालिका नगरपालिका वडा नम्बर ७ जुटपानी का ६२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । उनलाइ शुक्रबार सांझ कोरोना संक्रमण सहित खोकी, श्वासप्रश्वाशमा समस्या भए पछि अस्पताल भर्ना गरिएको र कोभिड आइसियुमा उपचार गरिएको अस्पतालले जनाएको छ । उपचारकै क्रममा आज बिहान ६:३५ बजे मृत्यु भएको हो ।

ताजा समाचार